महोत्तरीको निर्वाचन क्षेत्र नं. १ का राष्ट्रिय स्वतन्त्र पार्टीबाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य प्रमोद महतोले पत्रकारहरुलाई अपमानित गर्ने अभिब्यक्ति दिएका छन ।
महोत्तरीको गौशाला नगरपालिका–३ स्थित निगौल गाई गौशालामा प्रधामन्त्री सुशिला कार्कीको शुक्रकार दिउँसो भएको निरिक्षण अनुगमन पश्चात प्रतनिधि सभा सदस्य महतोले पत्रकारहरुलाई अपमान जनक अभिव्यक्ति दिएका छन । 
पत्रकारहरुले निर्वाचन क्षेत्र १ मा अवैध क्रसर संचालन तथा खोला उत्खन्नको विषयमा प्रतिक्रिया लिन खोज्दा उहाँले पहिले स्वतन्त्र नागरिक वनेर आउनुस अनि मात्र प्रश्न गर्नुस, मिडिया भनेको आफनो स्वतन्त्रता अपनाउनुस तपाई नेपालको नागरिक हुनु हुन्छ भने नागरिक भएर आउनुस अनि मात्र प्रश्न गर्न आउनुस भन्दै पत्रकारहरुलाई होच्याउने र अपमानित हुने गरि गैरजिम्मेवार अभिव्यक्ती दिएका छन ।
लोकतन्त्रमा पत्रकारले जननिर्वाचित प्रतिनिधिलाई प्रश्न सोध्न पनि नेपाली नागरिकता वोकेर जानु पर्ने हो, भने हामीलाई अनुभुति भएको कान्तिपुर टिभिका पत्रकार विकास ठाकुरले बताउनु भएको छ । 
पत्रकारले क्रसर र खोला उत्खन्नको विषयमा प्रश्न सोध्ने वित्तिकै प्रतिनिधि सभा सदस्य महतोले तपाई कुन मिडियाको हो भन्दै क्रसर सम्बन्धि जिज्ञासाको जवाफको दिनुुको साटो उल्टै प्रतिप्रश्न तेर्सयाउने काम गर्नु नै गैरजिम्मेवारपुर्ण कार्य भएको पत्रकार ठाकुरले बताउनु भयो ।
जननिर्वाचित प्रतिनिधिले सके सम्म जनस्तरमा उठेका प्रश्नको जवाफ दिनुु उहाँको कत्र्वय नै हो पत्रकार ठाकुरले भन्नु भयो “एउटा संचारकर्मीले प्रश्न गर्दा प्रतिनिधि सभा सदस्य नागरिक भएर आउन भन्नुहुन्छ भने सर्वसाधारणले उहाँ संग के अपेक्षा राख्ने होला ।” 
फाल्गुन २१ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा रास्वापाबाट उम्मेदवार भएर निर्वाचन क्षेत्र १ मा विजयी भएका महतो यस अघि आफै एउटा चर्चित क्रसर व्यवसायी रहि सक्नु भएको छ ।
क्रसर व्यवसाय संचालनको क्रममा प्रतिनिधि सभा सदस्य महतो माथि २०८२ जेठ २३ गतेको गौशाला नगरकार्यपालिकाको निर्णय अनुसार उहाँको श्रीमतीको नाउँमा दर्ता रहेको शिवम गिटी तथा वालुवा वासिङ सेन्टरले गौशाला नगरपालिका–८ भण्टावारी नजिकैको खोलाबाट दुई लाख २५ हजार घन मिटर अवैध उत्खन्न गरेको र त्यस वापत मूल्य अभिवृद्धिकर सहित जम्मा चार करोड ५० लाख जरिवाना वापत राजस्व असुल उपर गर्ने निश्कर्ष निकाल्दै उक्त फर्मको स्थानिय व्यवसाय दर्ता प्रमाण पत्र समेत रद्द गर्ने निर्णय समेत भएको गौालन नगरपालिकाले तात्कालिन अवस्थामा सार्वजनिक गर्नु सूचनामा उल्लेख रहेको छ ।
यसैबीच नवनिर्वाचित प्रतिनिधि सभा सदस्य महतोले संचारकर्मीहरुलाई अपमान जनक अभिव्यक्त दिने घटना दुःखत भएको नेपाल पत्रकार महासंघ महोत्तरी शाखा अध्यक्ष महेशकुमार दासले बताउनु भएको छ ।
जननिर्वाचितले प्रतिनिधि सभा सदस्य जस्तो गरिमामय पदमा वस्नु भएको प्रतिनिधिले प्रश्नको जवाफ दिनुको साटो अपमानजनक अभिव्यक्ती दिने कार्य गैरजिम्मवारी पुर्ण कार्य भएको महोत्तरी महासघको ठहर रहेको अध्यक्ष दासले बताउनु भएको छ ।







