संसद झाको छुटै पहिचान टिकी(टुप्पी)

महोत्तरी निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य उज्जवल कुमार झाको अव एउटा छुटै पहिचान स्थापित भएको छ ।

शुरु शुरुमा उहाँले टाउँकोमा पाल्नु भएको करिव डेढ फिट लामो टिकी(टुप्पी)को वारेमा थरि थरिको टिक्का टिप्पणी गरिए पनि अहिले भने प्रतिनिधि सभा सदस्य झाको टुप्पी नै पहिचान बन्न गएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले काठमाण्डौंमा आयोजना गरेको २ दिन अभिमुखिकरणमा सहभागि हुन गएका प्रतिनिधि सभा सदस्य झाको टुप्पी हेरर सवैले उहाँको १८२ सदस्य मध्ये सवै भन्दा छुटै पहिचान स्थापित गराएको हो ।

अभिमुखिकरण कार्यक्रम स्थलमा झा गाडीबाट झरे लगतै अधिकास संचारकर्मीको क्याम्रा उहाँको टुप्पी तिर सोझिएको थियो ।

अहिले प्रतितिनिधि सभा सदस्य झाको लामो टुप्पीको तस्वीरहरु विभिन्न अनलाईन सचारमाध्यमको आर्कषक तस्वीर बन्न पुगेको छ ।

अव प्रतिनिधि सभा सदस्य झाको नाम भन्दा पनि सवैले टुप्पी सांसदको नामले चिन्न थालेको छ । 

शौखले टुप्पी पालेका झा निर्वाचन ताका प्रचार प्रसारको क्रममा मतदाताका घर दैलोमा जाँदा पनि सवैलाई उहाँले पालेको लामो टूप्पी नौलो र अनौठो लागेकोले सवैको ध्यान आर्कषित गर्ने माध्यम बनेका थियो. ।

पञ्चायतकालमा महोत्तरीमा कुलानन्द झाको पहिचान हातमा वोक्ने लठी(वेतको लौरो) थियो भने अहिले आएर टुप्पी उहाँको नाति उज्जल  कुमार झाको पहिचान बनेको छ ।

महोत्तरी क्षेत्र ३ मा आफना निकटतम प्रतिद्वन्द्वी भन्दा झण्डै तेब्बर मत ल्याएर विजयी हुँदा क्षेत्रवासीलाई चकित बनाएका झाले अहिले काठमाण्डौमा गएर आफनो टूप्पीको कारण सवैलाई चकित बनाउँदै आफनो पहिचान स्थापित गराउन सफल हुनु भएको छ ।

तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
चर्चित समाचार!