शितलहरको प्रभाव निरन्तर, स्थानीयलाई वडाअध्यक्षको न्यानो, राहतका लागि दाउरा वितरण

तराई मधेशमा पुषमहिनाको पहिलो सातादेखी बढेको चिसो र शीतलहरको को प्रभाव अझै कायम नै रहेको छ ।  बढ्दो शीतलहर र चिसोका कारण सर्वसाधारणको दैनिकी प्रभावित हुँदै आईरहेको बेला राहत स्वरूप जलेश्वर नगरपालिका वडा नं ०२ ले वडाको मुख्य चोक तथा बस्तीहरुमा दाउरा वितरण  गर्न थालेको छ ।

महोत्तरी सदरमुकामको मुख्य बाजार क्षेत्रभित्र पर्ने सार्वजनिक स्थल लगायत टोल-टोलमा बसोबास गर्ने स्थानियलाई केन्द्रित गर्दै सार्वजनिक दलान,स्थलमा तत्कालिन राहत हुने गरि दाउरा वितरण गरिएको जनाइएकोछ ।

यस सँगै वडाक्षेत्रमा पर्ने प्रादेशिक अस्पताल जलेश्वर लगायतका सार्वजनिक निकाय तथा मठमन्दिरहरुमा आउने सेवाग्राही र श्रद्धालुहरुमा न्यानो प्रदान गर्न ठाउँ-ठाउँमा दाउरा बाल्ने काम गरिएको वडा कार्यालयले जनाएको छ ।

सदरमुकामको मुख्य बाजार क्षेत्र सँगै सार्वजनिक निकायको कार्यालयहरु समेत यसै वडामा रहेको हुँदा उक्त निकायहरुमा सेवा लिन आउने सेवाग्राही सँगै वडाबासीलाई तत्काल राहतका लागि दाउरा वितरण कार्यलाई निरन्तरता  दिईएको वडाअध्यक्ष वरुणकुमार दाहालले बताए ।

“चिसो र शितलहरको प्रभाव अत्याधिक बढेको छ स्थानीयलाई न्यानो बस्ने उपायहरु बारे जानकारी गराउदै । आवश्यक नभए घरबाहिर ननिस्कन् समेत आग्रह गर्दैछौ । सदरमुकाम स्तिथ विभिन्न निकायहरुमा सेवालिन आउने  सेवाग्राहीको चाप पनि उतिकै हुन्छ त्यही भएर वडाबासी लगायत आगन्तुकहरु लाई तत्काल राहत प्रदान होस र न्यानो बनाउन सहयोग होस भन्ने उद्देश्यले वडाको तर्फबाट ठाउँ-ठाउँमा दाउराको उपलब्धता तथा दाउरा बाल्ने काम वडाले गरेको हो ।” उनले भने , वडाभित्रका विभिन्न ठाउँको अवस्था हेर्दै वितरित दाउराको अवस्था र थप ठाउँमा राख्नुपर्ने देखिदा त्यसको व्यवस्थापन आफै उपस्थिति भएर गर्दै आईरहेको वडाअध्यक्ष दाहालले बताए।

 चिसोको प्रभावले समाजका सबै तप्का प्रत्यक्ष प्रभावित भईरहेका छन । मुख्य चोक तथा सार्वजनिक स्थलमा न्यानोका लागि दाउरा बालेर आगो ताप्ने व्यस्थापन भएको हुँदा टाढाबाट आउने व्यक्तिहरु केहि बेर रोकिएर आगो ताप्ने गर्छन र फेरी आफ्नो गन्तव्य तर्फ जाने गर्छन यसले स्थानीयलाई समेत तत्कालीन भएपनि धेरै राहत भएको स्थानीय शंकर साह बताउछन ।

तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
चर्चित समाचार!