नेपाल प्रहरीको ७० औं प्रहरी दिवस भब्यताका साथ मनाए

जिल्ला प्रहरी कार्यालय महोत्तरीले नेपाल प्रहरीको ७० औं प्रहरी दिवस भब्यताका साथ मनाएको छ। जिल्ला प्रहरी कार्यालयले विभिन्न कार्यक्रम गरि प्रहरी दिवस मनाएकाे हाे।

प्रहरी कार्यालय महोत्तरीले ७० औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमा अमर प्रहरी परिवारहरुलाई कदरपत्र र दोसल्ला ओढाएर सम्मान कार्यक्रम तथा प्रहरीलाई समाजिकरुपमा सहयोग गर्ने संघ संस्था लगायत बुद्धिजिवीलाई सम्मान गर्नुका साथै उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कार वितरण कार्यक्रम गरिएको हो ।

कार्यक्रम शुरूवातमा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी नारायण रिसाल सहित प्रहरीहरु अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरेका थिए।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रिसाल, सशस्त्र प्रहरी गन न. ९ का गनपति लगायत उद्योगी ब्यवसायी, पत्रकार , अमर प्रहरीका परिवार, प्रहरी कमचारीहरुको सहभागी रहेको थियो।

वि.स. २०१२ असोज ३० गते प्रहरी ऐन, २०१२  लागु भएको दिन असोज समान्तलाई नेपाल प्रहरीले आफ्नो स्थापना दिवसको रुपमा प्रत्येक वर्ष विभिन्न कार्यक्रम गरि मनाउँदै आएको हो।

 

तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
चर्चित समाचार!