वडाअध्यक्ष र सचिव भ्रमणमा,कार्यालय १ घण्टा ३० मिनेट ढिलो, सेवाग्राही घाममै बस्न बाध्य
महोत्तरी स्थानियतहमा सेवा प्रवाहमा लापरवाहीको अर्को उदाहरण सार्वजनिक भएको छ । जलेश्वर नगरपालिका वडा नं ९ को कार्यालय आईतबार निर्धारित समय भन्दा १ घण्टा ३० मिनट ढिला संचालनमा आएको छ । वडाअध्यक्ष रविन्द्र यादव र वडासचिव भ्रमणमा भएका बेला सेवा लिन वडाकार्यालय आईपुगेका सर्वसाधारणलाई गम्भीर असहजता भएको थियो भने कर्मचारी समेत समयमैं कार्यालय नआउँदा सेवाग्राहीलाई १ घण्टा ३० मिनट सास्ति भोग्नु परेको थियो ।

सेवाग्राही
सेवा लिन वडाकार्यालय पुगेका स्थानीय बासिन्दाहरूका अनुसार कार्यालय बिहान तोकिएको समयमा खोलिनुपर्ने भए पनि ढिलासम्म कार्यालय बन्द थियो। घाम र गर्मीका बीच सेवा पर्खिरहेका थियौ तर न् कार्यालय खुलेको थियो न् कर्मचारीहरु नै कार्यालय समयमा आएका थिए स्थानिय अनु राय बताउछन ।
वडाअध्यक्ष रविन्द्र यादवले ढिलाइको कारण कार्यालय सहयोगीको व्यक्तिगत समस्याका कारण भएको बताए पनि, तोकिएको समयमा अन्य कर्मचारी समेत कार्यालयमा नदेखिनु थप प्रश्न उठाउने विषय बनेको छ। यसले कार्यालय स्वाभाविक रूपमा ढिला सञ्चालन हुने गरेको पुष्टि समेत गर्छ । यता निमित्त तोकेकिएका जनप्रतिनिधि समेत कार्यालयमा उपस्थित नरहेको स्थानियले गुनाशो गरेका थिए ।कार्यालयमा ताला 







