महोत्तरी सदरमुकाम जलेश्वर स्तिथ लक्ष्मी चण्डी मुरारका खेल मैदानमा आयोजित क्रिकेट प्रतियोगिताको फाईनल खेलमा एल्हेबस विजयी भएको छ ।
फाईनल खेल शिशुज्ञान निकुञ्ज विद्यालय र एडवांस्ड लर्नर्स हिमालयन इंग्लिस बोर्डिंग स्कूल (एल्हेबस) बिच भएको थियो ।

टॉस जितेर शिशु ज्ञानले बैटिंग गर्ने निर्णय लिएको थियो । १६ ओवरको हुने खेलमा शिशु ज्ञान ले १६ ओवर खेल्दै ६ विकेट गुमाउदै ८६ रन बनाएको थियो । ८७ रनको लक्ष्य पक्षयाउदै एल्हेबसले ३ विकेट गुमाउदै १३.५ ओवरमा लक्ष्य हासिल गर्दै ७ विकेटले फाईनल खेल जितेको थियो । यस सँगै लीग स्तरिय प्रतियोगितामा सबै खेल जितेको छ ।
फाईनल खेलका मैन ऑफ द मैच कप्तान निहाल साह बनेका थिए । त्यस्तै प्रतियोगिताको बेस्ट बॉलर रोहन मण्डल,बेस्ट बैट्समैन रोहन पासवान, प्लेयर ऑफ द टूर्नामेंट निहाल साह रहेका थिए ।







