महोत्तरीका कर्मचारीहरुद्वारा पेन डाउन

पूर्वाधार विकास कार्यालय महोत्तरीका कर्मचारीहरुले मंगलबार एक दिने पेन डाउन गरेका छन ।

पूर्वाधार विकास कार्यालय महोत्तरीका कर्मचारीहरुले मंगलबार एक दिने पेन डाउन गरेका छन ।

पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत सव ईन्जिनियर सिरहा सुखिपुर नगरपालिका –९ घर भएका प्रमोदकुमार यादवको गोली हानी हत्या गरिएको घटनाको विरोधमा एक दिने पेन डाउन गरिएको पूर्वाधार विकास कार्यालय महोत्तरीका प्रमुख कात्र्तिकेश झाले बताएको छ ।

पूर्वाधार विकास कार्यालय महोत्तरीका कर्मचारीहरु कार्यालय परिसरमै हात र टाउकोमा कालोपट्टि बाधि वसे पछि कार्यालयको कामकाज ठप्प हुन पुगेको छ  । फाल्गुन ३ गतेका दिन पूर्वाधार विकास कार्यालय सलार्हीमा सव–ईन्जिनियर पदमा कार्यरत्त यादवलाई अज्ञात समूहले गोलि हानी हत्या गरेको थियो ।

घटनाको निष्पक्ष छानविन गरि दोषीहरुलाई कानूनी कठघेरामा ल्याई कानून बमोजिमकको हदै सम्मको सजायको माग गर्द घटनाको विरोध र दोषीलाई तत्काल कानुनी काररवाहीको लागि दबाब र्सिजना गर्न मंगलबार एक दिने पेन डाउन गरिएको कार्यालय प्रमुख झाले बताए ।

पूर्वाधार विकास कार्यालय महोत्तरीका कर्मचारीहरु यस अघि जिल्ला प्रशासन कार्यालय महोत्तरी मार्फत प्रधानमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालयलाई ज्ञापन पत्र समेत वझुाएका छन ।

महोत्तरीको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव मार्फत प्रधानमन्त्रीलाई वुझाइएको ज्ञापन पत्रमा सव ईन्जिनीयर यादवको हत्याको घटना जघन्य, अमानविय र निकृष्ट रहेको उल्लेख छ । यस्ता घटना दोहरिन नदिन प्रधानमन्त्रिलाई ज्ञापनपत्र मार्फत ध्यानकषर्ण गराइएको कार्यालय प्रमुख झाले बताउनु भयो ।

विगतमा समेत विभिन्न समयमा विकास निर्माण/पूर्वाधार क्षेत्रका कर्मचारीहरु माथि भएको दुर्व्यवहारका घटनाहरु बारम्बार हुँदै आएपनि दोषीहरु माथि कठोर कानूनी कारवाही नभएकै कारण यस प्रकारको जघन्य अपराध हुन गएको पूर्वाधारका कर्मचारीहरुको ठहर रहेको छ ।

विकास तथा पूर्वाधार क्षेत्रमा काम काज गर्ने कर्मचारीहरुकौ भौतिक तथा व्यक्तिगत सुरक्षाको पूर्ण सुनिश्चितताको समेत प्रधानमन्त्रि समक्ष माग गरिएको हो ।

तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
चर्चित समाचार!