लेखापढी कानून व्यवसायी जलेश्वरमा यादव प्यानल सहित निर्वाचित

महोत्तरी ।

नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन जलेश्वरको अध्यक्षमा  शम्भु कुमार यादव निर्वाचित भएका छन ।

 बिहिबार भएको निर्वाचनमा  देवेन्द्र ठाकुर लाई ४० मतले पराजित गर्दै यादव प्यानल सहित निर्वाचित भएका हुन् । त्यस्तै उपाध्यक्षमा  कृपा शंकर लाल कर्ण र सचिबमा  संजीत कुमार चौरसिया, कोषाध्यक्षमा राम कुमार पासमान, सह-सचिबमा अवधेश यादव निर्वाचित भएका छन ।

एसोसिएसनको सदस्यहरुमा क्रमशः  रितिक यादव, अनिल कुमार महरा, सुरेश साह, गोविन्दा महतो, रामबाबु ठाकुर , सुनिल कुमार लाल कर्ण निर्वाचित भएको नवनिर्वाचित सहसचिब अबधेश यादवले जानकारी दिए ।

 “केहि गर्ने अठोट् लिएर सधै तमत्यार रहने युवापुस्ताले बल्ल एउटा अर्को अवसर पनि पाएको छ । यो हाम्रो मात्र हैन सम्पूर्ण युवाको जीत हो” अध्यक्ष शम्भु यादवले बताए । यो निर्वाचनमा हामी सबै युवा उम्मेदवार थियौ हामिले अथक संघर्ष गर्यौ र हामी युवा नेतृत्वले आमुल परिवर्तन गर्ने छौ उनले भने ।

हाम्रो व्यवसायीको हित प्रति कुनै समझौता नगरी वर्तमान समस्याहरु लाई छिटै सुधार गर्ने प्रति हामी केन्द्रित रहि काम गर्नेछौ भन्दै उहाँले प्रतिबद्धता जनाए । कार्यालय व्यवस्थापन लगायत सेवाग्राहीको काम छिटो छरितो र एकरूपता कायम गर्दै सहज र पारदर्शी रूपले गर्ने उनले  बताए ।

तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
चर्चित समाचार!