महोत्तरीको शहरी तथा ग्रामीण क्षेत्रमा छाडा कुकुरहरुको टोकाईको घटना बढेपछि स्थानियतह हरुले कुकुरहरुको स्थायी बन्धयाकरण गर्दै रेबिज रोगविरुद्धको खोप लगाइ छाडा कुकुरको व्यवस्थापन थालेको छ । बिहान र अबेर रातिको समयमा आवतजावत गर्ने यात्री तथा विद्यालय जाने बालबालिकामा कुकुरले टोक्ने लखेट्ने जस्ता घटना बढेको र रेबिजकै समेत जोखिम रहेपछि जेजिआई संस्थाको प्राविधिक सहयोगमा महोत्तरीका केही स्थानियतह हरुले यो तरिका अपनाएको छ । स्थायी बन्धयाकरणले कुकुरको संख्या नियन्त्रित हुने र एक वर्षको लागि रेबिजको जोखिम समेत नहुने भएपछि बन्धयाकरण तथा रेबिज विरुद्धको भ्याकसिन शिविर प्रभावकारी बन्दै गएको छ ।
महोत्तरीमा चैत पाँच गतेदेखि सञ्चालनमा आएको यो अभियान मार्फत हाल सम्म बर्दिबास नगरपालिकामा २ सय, औरही नगरपालिकामा दुई सय ७० र जलेश्वर नगरपालिकामा हाल समम् १ सय ६७ छाडा कुकुरहरुमा स्थायी बन्धयाकरण तथा रेबिज विरुद्धको खोप लगाईएको छ । शिविर बारे बोल्दै जेजेआईका कार्यक्रम संयोजक बसनत गौतमले विगत तिन वर्षदेखि महोत्तरीमा १३ सय छाडा कुकुरहरुलाई स्थायी बन्धयाकरण र रेबिज विरुद्धको खोप लगाई सकेको बताए । उनले यस पटक समेत १७ सय देखि १८ सय छाडा कुकुरहरको बन्धयाकरण र उनीहरुलाई रेबिज विरुद्धको खोप लगाउने लक्ष्य रहेको बताए ।
यता जलेश्वर नगरपालिका वडा नं २ का वडाधयक्ष बरुण कुमार दाहालले शिविर आयोजनाले छाडा कुकुरहरुको संख्या नियन्त्रणका साथै छाडा कुकुरहरबाट हुने विभिन्न जोखिम समेत घट्ने आशा व्यक्त गरे । ‘कुकुरहरुको संख्यामा ह्वातै बृद्धि हुने भएकोले समयमै यसलाई नियन्त्रण र समुदायमा हुन सक्ने सम्भावित जोखिमलाई समेत मध्यनजर गर्दै नगरपालिकाबाट पाच लाख रकम विनियोजन गरिदिएको उनले बताए‘ ।
सामुदायमा रहेका छाडा कुकुरहरुबाट मानविय जोखिमको खतरा न्युनिकरण गर्न स्थायी बन्धयाकरण र रेबिज रोग विरुद्धको खोप लगाइने सँगै छाडा कुकुरहरुमा देखिएका अन्य किसिमका चोटपटक, घाऊ तथा रोगहरुको समेत उपचार अभियानमा प्राविधकि सहयोग गर्दै आएका जेजिआई संस्थाका पशु चिकित्सक डा बिकास श्रेष्ठले बताए ।
कुकुरले वर्षमा दुई पटक गर्भधारण गर्ने र एकपटकमा आठ वटा समम् बच्चा जनमाउने भएकोले शिविर आयोजनले कुकुरको संख्या व्यवस्थापनमा सहयोग पुग्ने देखिन्छ ।
तपाईको प्रतिक्रिया !!!







