युवानेता गुप्ताको पहल, पथरा खोला पुल संचालनमा आउने आशा

महोत्तरीको भंगहा नगरपालिका स्तिथ परिक्रमा सडक खण्डमा पर्ने पथरा खोला पुल छिटै संचालनमा आउने गरी काम अघि बढ्ने स्थानिय युवानेता मनोजकुमार गुप्ताले बताएका हुन ।

उनले महोत्तरीको भंगहा नगरपालिका अन्तर्गत पर्ने परिक्रमा सडकको पथरा खोलाको पुल निर्माणाधीन र अलपत्र रहदा स्थानियलाई आवत-जावत गर्न समस्या झेल्नु परेको थियो ।  असहज र जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका महोत्तरीवासीका लागि पुल संचालनमा ल्याउन नियमित प्रयासको फल स्वरूप शुक्रवार सडक डिभिजन कार्यालय जनकपुरको डिभिजन प्रमुख दारोगा प्रसादले स्थलगत निरीक्षण गरेको नेता गुप्ताले जानकारी दिए ।

 

  • उक्त पुल मिथिला माध्यमिकी परिक्रमा यात्राको दुई विश्राम स्थल ध्रुवकुण्ड तथा कंचन्वन विश्राम स्थललाई जोड्ने पुल भएको हुनाले मिथिला माध्यमिकी परिक्रमा यात्रीको यात्रा सहज हुने हो । तर  विगत सात वर्ष देखी अलपत्र रहेको पुल संचालनमा नआउदा यसले दैनिकी यात्रालाई प्रभावित गरे सँगै परिक्रमा सडकको सौन्दर्यतालाई समेत कुरूप बनाएको मनोज गुप्ताले दावी गरे ।

 

शुक्रवार युवा नेता मनोज गुप्ता सहित स्थानीय र सडक डिभिजन कार्यालय जनकपुरका  प्रमुख द्वारा उक्त पुलको स्थलगत निरीक्षण गरिएको थियो । पुलको ७५% कार्य सम्पन्न भईसक्दा पनि केहि काम बाकी रहेको र उक्त बाकी रहेको कार्य अर्को हप्तादेखी सुरुहुने सडक डिभिजन कार्यालय जनकपुरका प्रमुख दारोगा प्रसादले प्रतिबद्धता व्यक्त गरेको नेता गुप्ताले जानकारी दिए ।

 

पथरा खोला पुलको स्थलगत निरीक्षण र  डिभिजन प्रमुखले दिएका प्रतिबद्धताले यो पुल छिटै संचालनमा आउने आशा पलाएको नेता गुप्ताले विश्वास व्यक्त गरेका छन । उनले आफ्नो पहललाई निरन्तरता दिदै पुल संचालनमा ल्याउन स्थानिय,स्थानिय सरकार र सरोकारवाला निकाय सँग हातेमालो गर्दै अघि बढ्ने र छिटै निकास दिने प्रतिबद्धता समेत व्यक्त गरे ।

तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
चर्चित समाचार!