महोत्तरी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा किरण यादवको एकल नाम सर्वसम्मत सिफारिस

आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ नेपाली कांग्रेस महोत्तरी क्षेत्र नं. २ बाट किरण यादवको एकल नाम सर्वसम्मत रूपमा सिफारिस गरिएको छ।

राष्ट्रिय राजनीतिमा हालसम्म सक्रिय रहँदै स्थानीय तथा राष्ट्रिय मुद्दामा प्रखर विचार राख्दै आएकी नेतृ यादवको नाम एकल र सर्वसम्मत रूपमा सिफारिस भएपछि पार्टी संगठन तथा क्षेत्रका सर्वसाधारणमा उत्साह देखिएको छ।

मधेशप्रतिको ममत्व, क्षेत्रको समग्र विकास तथा महिलाका अधिकारका सवालमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी यादवलाई पार्टीले योग्य र सक्षम उम्मेदवारका रूपमा अघि सारेको जनाएको छ।

यता, सर्वसम्मत रूपमा नाम सिफारिस भएपछि नेतृ यादवले प्रतिक्रिया दिँदै संगठनले देखाएको विश्वासप्रति कृतज्ञता व्यक्त गरिन्। उनले इमानदार रूपमा सर्वसाधारण जनताका मुद्दाहरू उठाउने र सफलतापूर्वक जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन्।

प्रतिनिधिसभा सदस्य भई जनसेवामा सक्रिय भईसकेकि नेतृ यादव हाल नेपाली कांग्रेसको केन्द्रिय सदस्य तथा तराई मधेश समन्वय विभाग प्रमुखको रुपमा सक्रिय छिन । आसन्न निर्वाचनमा नेपाली कांग्रेस महोत्तरी क्षेत्र नं २ क्षेत्रिय समितिले सर्वसम्मत रुपमा उनलाई क्षेत्रको प्रतिनिधित्व गर्न अघि सारेको छ  ।

तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
चर्चित समाचार!